काठमाडौ। कर्णाली प्रदेशका तीन जिल्लामा थप ३२ जना कोरोना संक्रमित फेला परेका छन्।
यो सहित कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ। दैलेखमा एकजनाको कोभिड-१९ बाट मृत्यु भएको छ।
प्रदेश अस्पताल, सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ३२ जनामा कोभिड-१९ पुष्टि भएको हो।
कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलखमा १७ जना, सल्यानमा १० जना र सुर्खेतमा ५ जनामा संक्रमण भेटिएको छ।
हिजो, १८ जेठमा मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा जुम्लाका १९ र दैलेखका २४ जनामा संक्रमण देखिएको थियो।
" /> काठमाडौ। कर्णाली प्रदेशका तीन जिल्लामा थप ३२ जना कोरोना संक्रमित फेला परेका छन्।यो सहित कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ। दैलेखमा एकजनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

">