कैलालीको मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरण छानविन माग गर्दै प्रदर्शनमा सहभागी स्थानीय बासिन्दा ।
प्रिन्सिपल मृत्यु प्रकरण छानविन गर्न सीआईबीको टोली धनगढीमा <p>कैलाली। जिल्लाको गौरीगंगा नगरपालिका ९ मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली कैलाली आएको छ।</p> <p>गौरीगंगा ९ का ४० वर्षीय भुसाल ११ वैशाखमा पूर्वपश्&zwj;चिम राजमार्गमा मृत फेला परेका थिए।&nbsp;</p> <p>उनको हत्या भएको बताउँदै स्थानीय बासिन्दाले महिनादिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन्।&nbsp;</p> <p>सोही प्रकरणको छानविन गर्न सीआईबीको टोली धनगढी आइपुगेको हो। टोलीले आजैदेखि छानविन थाल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्&zwj;नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्