काठमाडौं। ११ चैतको दिन धादिङको रोराङ गाउँपालिका-६ मा २९ महीनाकी एक बालिकाको निधन भयो। त्यसको सात दिन नबित्दै १७ चैतमा सोही ठाउँमा ८ महीनाको बालकको ज्यान गयो।
यी दुवै नाबालकको निधनको कारक थियो, दादुरा। संघीय सरकारदेखि स्थानीय सरकारसम्म सबैको ध्यान कोभिड-१९ महामारीमा केन्द्रित भइरहेको बेलामा धादिङमा दादुराको प्रकोप फैलियो। खासगरी धादिङको चेपाङ समुदायमा दादुराको प्रकोप फैलिएको थियो।
पछिल्लोपटक धादिङमा फैलिएको दादुराको प्रकोप नियन्त्रणमा आएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडी बताउँछन्। तर, यो प्रकोप धादिङमा मात्र सिमित छैन।
बागमती प्रदेशका ५ वटा जिल्ला धादिङ, चितवन, मकवानपुर, ललितपुरको खोकना र काठमाडौंमा, गोरखा, झापा र प्रदेश २ को सर्लाहीमा पनि दादुराको प्रकोप देखिएको छ। स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार अहिले नेपालमा ८ जिल्लामा दादुराको प्रकोप देखिएको छ।
लकडाउनका कारण खोप कार्यक्रम प्रभावित हुँदा दादुरा लगायतका रोगको प्रकोप बढ्ने सम्भावना बढेको छ। वर्षमा ६ लाख २० हजारजति बालबालिकालाई दिइने ११ प्रकारका खोप कार्यक्रम लकडाउनका कारण प्रभावित बनेका छन्।
लकडाउनका कारण सेवाग्राही अस्पतालसम्म पुग्न नसक्दा र खोपका सामग्री ढुवानी हुन नसक्दा खोप कार्यक्रम प्रभावित भएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ।
शाखाका प्रमुख गौतमले देखापढीसँग भने, “लकडाउनले ६० प्रतिशत ठाउँमा खोप कार्यक्रम चल्न सकेन, दादुरा सम्बन्धि पाँचौ अभियान भने अहिले स्थगित छ।”
बालबालिकालाई समयमै खोप नदिँदा यसले अर्को महामारी निम्त्याउन सक्ने जोखिम छ। खोपबाट बञ्चित हुँदा तत्कालै प्रभाव नदेखिए पनि केही समयपछि भने असर शुरू हुन्छ।
“यदि लामो अवधिसम्म खोप सञ्चालन गर्न सकेनौं, बालबालिकाहरू खोपबाट बञ्चित भए भनेसंक्रमणको खतरा ह्वातै बढ्नसक्छ”, उनले भने।
खोप नदिँदा निवारण भइसकेका रोगहरूले पनि महामारीको रूप लिनसक्ने बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमको भनाई छ।
लकडाउनका बेला पनि अभिभावकहरूले सञ्चालनमा आएका स्वास्थ्य संस्थाबाट खोप सेवा लिनुपर्ने उनले बताए। भने, “कोभिड-१९ बाट जोगाउन त सकिएला तर खोप छुट्यो भने बालबालिकाको मृत्यु पनि हुनसक्छ।”
सन् २०२० को तथ्यांक मात्र हेर्ने हो भने पनि दादुराबाट संक्रमित बालबालिकाको संख्या ३२६ पुगिसकेको छ। यो आँकडाले दादुराको प्रकोपले महामारीको रूप लिनसक्ने डा. गौतम बताउँछन्।
“दादुरा वा पोलियो विरुद्धका खोप बालबालिकाले पाएन भने उसको इम्युन विकास हुँदैन र दादुरा संक्रमित बढ्न थालेपछि सरुवा रोगले अर्को प्रकोपको रूप लिनसक्छ।”- पोषणविद् उत्तम आचार्य
देशभरिका १६ हजार खोप केन्द्रबाट विभिन्न खोपहरू दिइदै आएको छ। ९ महीनादेखि १५ महीनाको बीचमा दुई पटक बालबालिकालाई खोप दिइसक्नुपर्ने हुन्छ। दादुरा खोप दुईपटक लगाउनुपर्नेमा एकपटक मात्र लगाउँदा जुनसुकै बेलामा बालबालिकाहरू दादुरा रोगबाट संक्रमित भएका हुनसक्छन्। सरकारले दादुरालाई सन् २०२३ सम्म अन्त्य गर्ने लक्ष्य लिएको छ।
पोषणविद् उत्तम आचार्य भन्छन् “कोभिड-१९ को भ्याक्सिन बनेको छैन, दादुराको भ्याक्सिन छ, दादुराको भ्याक्सिन भए पनि खोप नदिँदा संक्रमण फैलिन्छ। यसबाट थप जोखिम निम्तिन्छ।”
दादुरा अति छिटो सर्ने रोग भएकाले बढी सचेत हुनुपर्ने आचार्य बताउँछन्। उनका अनुसार समुदायमा संक्रमण फैलिन थाल्यो भने नियन्त्रण गर्न धेरै गाह्रो हुनसक्छ।
आचार्य भन्छन, “दादुरा वा पोलियो विरुद्धका खोप बालबालिकाले पाएन भने उसको इम्युन विकास हुँदैन र दादुरा संक्रमित बढ्न थालेपछि सरुवा रोगले अर्को प्रकोपको रूप लिनसक्छ।”
९५ प्रतिशत बालबालिकाले खोप पाए पनि बाँकी ५ प्रतिशत खोपबाट वञ्चित भइरहेका हुनसक्छन्। जोखिम त्यही ५ प्रतिशतबाटै निम्तिने गरेको पोषणविद् आचार्यको भनाई छ।
जनस्वास्थ्यविद् राजकुमार महतोका अनुसार कोभिड-१९ महामारीका कारण यसैगरी नियमित स्वास्थ्य प्रणालीमा असर परेको छ।
दादुराका खोप प्रभावित हुँदा तीनवटा कुरामा बढी जोखिम देख्छन्, जनस्वास्थ्यविद् महतो। भन्छन्, “खोप कार्यक्रम प्रभावित हुँदा समुदायमा दादुराको संक्रमण फैलिनसक्ने सम्भावना उच्च हुन्छ, महामारीको रूपमा फैलिइसकेपछि बालबालिकाको मृत्यु हुनसक्छ, बालबालिकामा कुपोषण बढ्नसक्छ।”
" /> काठमाडौं। ११ चैतको दिन धादिङको रोराङ गाउँपालिका-६ मा २९ महीनाकी एक बालिकाको निधन भयो। त्यसको सात दिन नबित्दै १७ चैतमा सोही ठाउँमा ८ महीनाको बालकको ज्यान गयो।यी दुवै नाबालकको निधनको कारक थियो, दादुरा। संघीय सरकारदेखि स्थानीय सरकारसम्म सबैको ध्यान कोभिड-१९ महामारीमा केन्द्रित भइरहेको बेलामा धादिङमा दादुराको प्रकोप फैलियो। खासगरी धादिङको चेपाङ समुदायमा दादुराको प्रकोप फैलिएको थियो।

">