बेलायतकी बयोवृद्ध महारानीको घोड सवारी ‘रिफ्रेसमेन्ट’
लन्डन। बेलायतकी वयोवृद्ध महारानी एलिजाबेथ द्वितीया कोरोना भाइरसको प्रसार रोक्न लगाइएको लकडाउनयता पहिलोपटक घोड सवारी गर्दै सार्वजनिक भएकी छन्।
उमेरका कारण अत्यधिक जोखिम समूहमा रहेकाले लकडाउनयता उनी दरबारको निजी जीवनबाट सार्वजनिक जीवनमा सशरीर देखिएकी थिइनन्। उनी ९४ वर्षमा छिन्।
लन्डनको विन्थसर क्यासलमा १४ वर्षे फोटोगाफर फेल पोनीले घोड सवारी गर्दै गरेको तस्वीर लिएका हुन्।
लकडाउनयता एलिजाबेथले दुईपटक टेलिभिजन सन्देश दिएकी थिइन्। लामो आइसोलेसन तोड्दै उनी घोड सवारीमार्फत सार्वजनिक भएकी हुन्।
प्रतिक्रिया दिनुहोस्