गण्डकी प्रदेशमा थप तीनजनामा संक्रमण पुष्टि <p>काठमाडौं। गण्डकी प्रदेशमा थप तीनजनामा कोभिड-१९&nbsp;को संक्रमण पुष्टि भएको छ।</p> <p>गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा तीनजनामा संक्रमण पुष्टि भएको हो।</p> <p>संक्रमित हुनेहरूमा कावासोती नगरपालिका घर भई स्थानीय क्&zwj;वारेन्टाइनमा बसिरहेका २२ र २६ वर्षीय दुईजना पुरुष&nbsp;छन्।</p> <p>त्यस्तै विनयत्रिवेणी गाउँपालिका घर भई क्&zwj;वारेन्टाइनमा बसिरहेका १४ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।&nbsp;उनीहरू&nbsp;तीनैजनालाई नवलपरासीको जिल्ला अस्पतालमा लगिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्