क्वारेन्टाइनमा मृत्यु भएका बालकमा कोभिड-१९ नेगेटिभ

कैलाली। भारतबाट फर्किएर डडेल्धुरास्थित क्‍वारेन्टाइनमा मृत्यु भएका बालकको कोभिड-१९ रिर्पोट नेगेटिभ आएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिर्पोट नेगेटिभ आएको हो।

मृतक बालकको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले जानकारी दिए।

आमा-बुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका-३ का करिब ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको थियो।

कोभिड-१९ को रिर्पोट नेगेटिभ आएपछि आइतबार नै शव परिवारलाई बुझाइएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र बिष्‍टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्