लकडाउनसँगै बदलिएको यो दृश्यले नेपाली प्रकाशकहरूलाई पनि ई-बुकको आवश्यकताबारे सचेत बनाइदिएको छ।
“अहिले धेरै मानिस ई-बुक खोजिरहेका छन्,” फाइनप्रिन्टका अजित बराल भन्छन्, “नेपाली प्रकाशन गृहहरू पनि ई बुकमा जानुपर्दा रहेछ भन्ने ज्ञान यो महामारीले दिइरहेको छ।”
लकडाउन कति लामो समय लम्बिन्छ, कसैलाई थाहा छैन। वा फेरी यस्तै विपत्ती भोग्नुपर्ने हो कि, कसैलाई थाहा छैन। तर जुनसुकै बेला जहाँ पनि यस्ता महामारी निम्तिने खतराले पुस्तकको बजारलाई पनि असर वा नोक्सानी पुर्याउन सक्छ। भौतिक पुस्तक ओसारपसारमा कमी आउन सक्छ। यस्तो समस्यालाई हल गर्न ई-बुक उपयुक्त माध्यम बन्न सक्ने बरालको विश्वास छ।
ई-बुकको माध्यमबाट विदेशमा रहेका नेपाली पाठकलाई पनि समेट्न सकिने सम्भावना उनले देखेका छन्। सम्भावनासँगै चुनौती पनि देख्छन् अजित। उनका अनुसार धेरै संख्यामा नेपाली पाठकहरू पनि ई-बुक पढ्न अभ्यस्त छैनन्। त्यसकारण यसको मार्केट बन्न पनि समय लाग्छ।
“ई-बुक भयो भने माइग्रेटेड मानिसहरूले पनि नेपाली पुस्तक पढ्न पाउँछन्। नेपाली पुस्तकको बजार फराकिलो हुन सक्छ,” उनले भने, “तर नेपाली प्रकाशन गृहहरू ठूलो पुँजी लिएर आएका होइनन्। ई-बुकमा जानको लागि राम्रो पुँजी आवश्यक छ। अहिले नै यसमा इन्भेस्ट गर्ने पुँजी छैन। इसेवा, खल्तीहरूको माध्यम हुँदाहुँदै पनि प्रक्रिया धेरैलाई थाहा छैन। त्यसैले समय लाग्छ।”
सांग्रिला बुक्सका मणि शर्मालाई पनि नेपाली प्रकाशन गृहहरू ई-बुकमा जानुपर्ने अनिवार्य जस्तै लाग्छ। सांग्रिलाले लकडाउन अघिदेखि नै ई-बुकमा जाने तयारी गरिरहेको थियो, तर लकडाउनका कारण यो काम रोकिएको मणि बताउँछन्। उनी भन्छन्, “हामीले तयारी गरेको हो, तर यसमा लामो प्रोसेस हुन्छ। हामी जान पाएनौँ। तर चाँडै नै जानुपर्छ भन्ने अनुभूति गराइदिएको छ।”
संसारभर ई-बुक प्रचलनमा आएको लामो समय भइसकेको छ। अमेजन, किन्डल, कोबो, अल्डिको लगायत थुप्रै ई-बुक पाइने ठाउँहरू छन्। तर पनि नेपाली पाठकहरू ई-बुकमा अभ्यस्त भइसकेका छैनन्। मणिका अनुसार नेपाली पुस्तकको पाठक नै कम छन्, त्यसमाथि अनलाइनमा पुस्तक पढ्नेहरू अभ्यस्त नभइसकेको कारणले पनि ई-बुकमा बानी बस्न २-३ वर्ष लाग्छ।
जमलस्थित एजुकेशनल बुक हाउसका पुस्तक विक्रेता रमन राउतका अनुसार यो लकडाउनपछि थुप्रै पुस्तक पसलहरू बन्द नै हुन सक्छन्। त्यसकारण पनि अनलाइन पुस्तकहरू लोकप्रिय हुन सक्ने सम्भावना छ। “घरपरिवार चलाउन पर्यो, भाडा तिर्न पर्यो,” उनी भन्छन्, “यो त रुचिको पेशा हो। लामो समय लकडाउन भयो भने भाडा तिर्न गाह्रो हुन्छ। अनि छोड्ने हुन्छ।”
त्यसो त ई-बुकको अभ्यास शुरु पनि भइसकेको छ। लकडाउनकै बिचमा ‘थुप्रै डटकम’ले ई-बुकलाई क्रियाशिल बनाएको छ। थुप्रै डटकमका सह-संस्थापक दिपेश आचार्यका अनुसार यसलाई डेढ वर्षदेखि नै ल्याउने कोशिस भइरहेको थियो। तर लकडाउनमा यसको महत्व बढेकोले अहिले नै क्रियाशिल बनाएको उनी बताउँछन्। अहिलेसम्म उनले ५० भन्दा बढि पुस्तकहरू राखेका छन्। र दैनिक ४-५ वटा पुस्तक थप्दै गएका छन्। प्रकाशकहरूसँग कुरा गरेर पुस्तक थप्दै गइरहेका छन्।

मार्केटमा हार्ड कपिका पुस्तकहरू नपाएको बेलामा ई-बुक लोकप्रिय हुन सक्नेमा उनी विश्वस्त छन्। “हामीले हालै आउट अफ प्रिन्ट भएको कमल दिक्षितको विर्सेको सम्झेको पुस्तक राखेका छौँ। बजारमा हार्ड कपि नपाए पनि तपाईले पढ्न पाउनुहुन्छ। यही नै ई-बुकको फाइदा हो,” उनी भन्छन्, “डिजिटल पुस्तक भएपछि पुस्तकको मुल्य पनि सस्तो पर्न जान्छ।”
ई-बुकले दृष्टिविहीन लगायतका अपांगतायुक्तहरूलाई पनि किताबको पहुँच उपलब्ध गराउने उनी बताउँछन्। भन्छन्, “दृष्टिविहीन साथीहरूले स्क्रिन रिडरको सहायताले पुस्तक पढ्न सक्नुभएछ। त्यसैले खुशी हुँदै फोन गर्नुभएको थियो।”
नेपालमा पेमेन्ट गेटवेका लागि पनि सुलभ बनाउँदै लगेको उनी बताउँछन्। बिजुलीको बिल तिरे जस्तै किताबको पैसा तिर्न सकिने उनी बताउँछन्। र बजारमा यसबारे सचेतना बढाउन लागि परेका छन्। प्रकाशक, लेखकले यसमा भविष्य छ भन्ने बुझ्न जरुरी रहेको उनी बताउँछन्।
एउटा पुस्तक किनेपछि साथीहरूमा बाँडेर जति धेरै जनाले बाँडेर पढ्न सक्ने व्यवस्था भने ई-बुकमा छैन। ई-बुक जसले किनेको उसको खातामा मात्रै पढ्न पाइन्छ। एउटा पुस्तक अरूलाई सेयर गर्न मिल्दैन। दिपेश भन्छन्, “यदि यसमा सेयर गर्न मिल्ने भयो भने पाइरेसी हुन सक्छ। जसले गर्दा लेखक, प्रकाशकलाई मार पर्न जाने हुन्छ। आफ्नो खाताबाट मात्रै पढ्न पाइन्छ।”
" />

">