काठमाडौं। आज पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पूर्वी भूभाग नजिकै निम्न चापीय रेखाका कारण केही दिन मौसम प्रभावित हुनेछ।
अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागका वर्षा भइरहेको छ।
भोलि २० जेठमा पूर्वी क्षेत्रका थोरै स्थानहरू र मध्य तथा पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ।
त्यस्तै पर्सि, २१ जेठमा पहाडी भूभागका एक/दुई स्थानहरूमा हल्का वर्षा हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
" /> काठमाडौं। आज पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पूर्वी भूभाग नजिकै निम्न चापीय रेखाका कारण केही दिन मौसम प्रभावित हुनेछ।

">