नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना हुँदा घाइते भएकामध्ये ११ जनाको मृत्यु भएको कोहलपुरका प्रहरी निरीक्षक देवेन्द्र मल्लले देखापढीलाई बताए।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना. ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो।
"गाडीमा ३३ जना थिए। दुर्घटनामा सबै घाइते भएका थिए। नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ११ जनाको मृत्यु भएको छ", इन्सपेक्टर मल्लले जानकारी दिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले दुर्घटनामा घाइते भएकाको भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताए। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।
भारतबाट उद्धार गरेर ल्याइएका सल्यानका यात्रु लिएर नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको बाँके प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।
" />

">