जुम्लामा पहिलोपटक दुई प्रहरीसहित १९ जनामा कोरोना संक्रमण, दैलेखमा २४ जना थपिए <p>काठमाडौं। कर्णाली प्रदेशको जुम्लामा पहिलोपटक कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भेटिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाबको परीक्षणमा जुम्लामा दुईजना प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p> <p>प्रतिष्ठानले अहिले राति १० बजेर १५ मिनेटमा तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुईजना प्रहरीमा संक्रमण पुष्टि गरेको हो। त्यस्तै जुम्लाको हिमा-१ मा दुईजना, हिमा-६ का एक जना, हिमा-५ का चारजना, हिमा-७ का एकजना, सिञ्जा-३ का एक जना,&nbsp; सिञ्जा-४ का तीनजना, सिञ्जा-५ का दुईजना र सिञ्जा-६ का तीनजना रहेका छन्।</p> <p>प्रतिष्ठानले दैलेखमा पनि थप २४ जनामा पुष्टि भएको पुष्टी गरेको छ। दैलेखको नारायण नगरपालिका-५ का आठजना, नारायण नपा-२ का एकजना, सिम्दा-८ का दुईजना, देवलकाँडा-४ का तीनजना, सोता ४ का एकजना, सद्धी-९ का एकजना, जुकेपानी-९ का एकजना, दुल्लुका दुई महिला र पाँचजना पुरुषमा संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्