काठमाडौं। बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भयो। अघिल्लो दिनसम्म ‘सामान्य स्वास्थ्य अवस्था’ रहेकी बालिकाको बिहान एक्कासी स्वास्थ्य बिग्रिएर ज्यान गएको हो।
बाजुराको बुढीगंगा नगरपालिका–१ की उनी १५ जेठदेखि आमा र बुबासँगै अस्पतालको आइसोलेनमा उपचार गराइहेकी थिइन्।
८ दिन अगाडि कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट फर्किएका उनीहरूलाई धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो। स्वास्थ्यमा अलिक समस्या देखिएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
र, मृत्यु भइसकेपछि आजै उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि पनि गर्यो। नेपालमा कोभिड–१९ बाट मृत्यु उनी अहिलेसम्मकै कम उमेरकी हुन्।
उनीबाहेक नेपालमा अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ। उनीरू सबै २५ वर्षभन्दा माथिका छन्। दैलेखमा हिजो मृत्यु भएका ३५ वर्षीय युवकको पनि कोभिड–१९ कै कारण मृत्य भएको मन्त्रालयले आज पुष्टि गर्यो।
दुई वर्षीया बालिकाको मृत्यु भएको पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १८९ जना संक्रमित थपिएका छन्। यसमा आज साँझ दाङमा पुष्टि भएका नौ जना समेतलाई गणना गरिएको छ, जसलाई स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा आज साँझ ९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका काययमुकामय रजिष्ट्रार कैलाशप्रसाद देवले ९ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले संक्रमितध्ये लमही नगरपालिका– १ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका– ८ का ३६ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेको बताए।
नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार पाँचौ दिन हो आज।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एक हजार ५७२ जना संक्रमित भएका छन्।
९ माघ २०७६ मा नेपालमा पहिलो संक्रमित भेटिएयताको साढे चार महीनाका एक हजार ५७२ जना संक्रमितमध्ये आधा भन्दा बढी पछिल्लो पाँच दिनका हुन्।

१३ जेठमा ७७२ जना संक्रमित भएकोमा एकैपटक ११४ जना थपिएर १४ जेठमा पुग्दा ८८६ जना पुगे। त्यसपछि हरेक दिन १०० भन्दा बढी संक्रमित भेटिएका छन्। १५ जेठमा १५६, १६ जेठमा १७० र १७ जेठमा १८९ जना संक्रमित भेटिएर एक हजार ४०१ पुगेको थियो। पछिल्लो २४ घण्टामा त्यसमा १७० जना थपिएका छन्।
९ माघपछिका चार महीना चार दिनमा, १३ जेठसम्म संक्रमित ७७२ जना मात्रै रहेका थिए। पछिल्ला पाँच दिनमा त्यो भन्दा बढी ७९९ जना संक्रमित भेटिएका छन्।
यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचीमा पुगेको छ।
नेपालमा संक्रमितध्ये २२० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइसोलेसनमा एक हजार ३३४ जना छन्।
एक लाख १९ हजार १९२ जना क्वारेन्टाइनमा छन्। अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार ५८७ र आरडीटी विधिबाट एक लाख ११ हजार १०९ जनाको परीक्षण गरिएको छ।
मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६०, कर्णाली प्रदेशमा १२३ र सुदूरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण देखिएको छ।
" /> काठमाडौं। बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भयो। अघिल्लो दिनसम्म ‘सामान्य स्वास्थ्य अवस्था’ रहेकी बालिकाको बिहान एक्कासी स्वास्थ्य बिग्रिएर ज्यान गएको हो।बाजुराको बुढीगंगा नगरपालिका–१ की उनी १५ जेठदेखि आमा र बुबासँगै अस्पतालको आइसोलेनमा उपचार गराइहेकी थिइन्।

">