क्वारेन्टाइनमा खाना नदिएकाे भन्दै दैलेखकाे भैरवी गाउँपालिका घेराउ <p>दैलेख। दुई दिनदेखि खान-पिउन नपाएको भन्दै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरूले आज साँझ गाउँपालिका घेराउ गरेका छन्।</p> <p>भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन्।</p> <p>क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरूले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको बताए।</p> <p>गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले&nbsp; खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरूले दुःख दिएकाले भान्छेहरू भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्