काठमाडौं। फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डीसँग ६ करोड युरोमा स्थायी सम्झौता गरेको छ।
२७ वर्षे इकार्डी गत सेप्टेम्बरमा इटालियन क्लब इन्टर मिलानबाट 'बाई आउट' विकल्पसहित ॠणमा पीएसजी आएका थिए।
नयाँ सम्झौताअनुसार अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन्। फ्रान्समा जारी सिजन बीचमै रद्द हुनुअघि इकार्डीले सबैखाले प्रतियोगितामा पीएसजीका लागि ३१ खेलमा २० गोल गरेका थिए।
कोभिड-१९ महामारीका कारण फ्रेन्च लिग वान १० खेल बाँकी रहँदै रद्द भएको थियो।
गत सिजन इकार्डीले टीममा स्थान बनाउन उरूग्वेका स्ट्राइकर इडिसन काभानीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। काभानीको सम्झौता यही ३० जुनमा सकिँदैछ।
“इकार्डी स्थायीरूपमा पीएसजीसँग अनुबन्ध भएका छन्। यस क्लबमा उनले ६ वर्ष बिताए। त्यसको लागि धन्यवाद। उनको सफल करियरका लागि शुभकामना”, इन्टर मिलानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डीसँग ६ करोड युरोमा स्थायी सम्झौता गरेको छ।२७ वर्षे इकार्डी गत सेप्टेम्बरमा इटालियन क्लब इन्टर मिलानबाट 'बाई आउट' विकल्पसहित ॠणमा पीएसजी आएका थिए।

">