कैलाली। सुदूरपश्चिम प्रदेशमा आज पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिका, उनकी २३ वर्षीया आमा, भजनी नगरपालिका-६, थापापुरका २३ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-३ का ४७ वर्षीय पुरुष र जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका कैलालीको त्रिनगर नाका हुँदै बाजुरा पुगेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार १३ जेठमा त्रिनगर भन्सार नाका भएर पाँच हजार २४२ जना नेपालीको उद्धार गरिएको थियो।
त्यही भीडमा संक्रमण पुष्टि भएकी बालिका, उनकी २३ वर्षीया आमा र उनका बुबा पनि आएका थिए। त्यसमा उनका बुबाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।
सोही दिन १३ जेठमा नै ५८ जना बस रिजर्भ गरेर बाजुरा गएको पाइएको छ।
त्यस्तै भजनीका कोरोना संक्रमित पुरुष ४ जेठ बाँकेबाट भजनी आएको खुलेको छ। उनलाई भजनीको महुन्याल माविको क्वारेन्टाइनमा राखिएको थियो।
उनीसँगै सोही क्वारेन्टाइनमा ८६ जना रहेको भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृति सिंह विकले जानकारी दिए। उनका अनुसार त्यहाँ रहेका १० जनाको कोरोना परीक्षणमा ९ जनाको रिपाेर्ट भने नेगेटिभ आएकाे छ।
यसैगरी धनगढी उपमहानगरपालिका-३ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी त्रिनगर नाकाबाट ७ जेठमा नेपाल आएको खुलेको छ। ७ जेठमा उद्धार गरेर उनलाई त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको थियो।
धनगढीको त्रिनगर माविको क्वारेन्टाइनमा रहेका उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमित पुरुषसँगै त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिकाको टिप्परमा आएका सातजनालाई त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ।
सोही दिन उनीसँगै त्रिनगर माविको क्वारेन्टाइनमा ६५ जनालाई राखिएको धनगढी उपमहानगरपालिकाका कोभिड-१९ व्यवस्थापन उपसमिति संयोजक नारायण बरालले जानकारी दिए।
त्यस्तै जानकी गाउँपालिका-९ खैरिफाँटाका ३४ वर्षीय पुरुष भारतको गाैंडाबाट त्रिनगर भन्सारनाका भएर ३ जेठमा आएका थिए। ४०३ जनासँगै आएका उनी जानकी गाउँपालिका-१ मा रहेको सरस्वती मावीको क्वारेन्टाइनमा बसेका थिए।
उनलाई टीकापुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। यसअघि सोही क्वारेन्टाइनमा रहेका ६ जना संक्रमितको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिका, उनकी २३ वर्षीया आमा, भजनी नगरपालिका-६, थापापुरका २३ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-३ का ४७ वर्षीय पुरुष र जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">