कोभिड-१९ बाट बाजुरा र दैलेखमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
<p>काठमाडौं। दैलेखमा हिजाे, १७ जेठमा मृत्यु भएका युवक र आज बिहान बाजुरामा मृत्यु भएकी बालिका दुवैकाे मृत्युकाे कारण काेराेना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि गरेकाे छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाजुराकी २ वर्षीया बालिका र दैलेख दुल्लुका ३५ वर्षीय युवकको मृत्यु कोभिड-१९ बाट भएको पुष्टि गरेको हाे।</p>
<p>उनीहरू दुवै जनको मृत्यु भइसकेपछि मात्रै कोभिड-१९ संक्रमण भएको पुष्टि भएको थियो। योसहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ८ पुगेको छ।</p>
<p>यसअघि काेराेना संक्रमणका कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, ललितपुर, बारा र अर्चाखाँचीका एक- एक जना गरी ६ जनाको मृत्यु भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
