काठमाडौं। मेलबर्न ओलम्पिक १९५६ मा तीन स्वर्णपदक विजेता अमेरिकी धावक बाबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ।
मोरोको परिवारले उनको सान बेनिटोस्थित् आफ्नै निवासमा निधन भएको बताएको छ।
अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न ओलम्पिकमा मोरोले १०० र २०० मिटर दौड तथा ४०० मिटर रिलेमा स्वर्ण पदक जितेका थिए।
उनले २०० मिनेटको दौड २०.६ सेकेण्डमा पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।
उनले जीवनको अधिकांश समय मेक्सिकोको सीमा नजिक रहेको रियो ग्राण्ड उपत्यकामा बिताए।
मोरो हार्लिङगेनमा जन्मिएका थिए भने सान बेनिटोमा हुर्किएका थिए।
सान बेनिटो हाई स्कुलमा फुटबल रंगशालाको नाम बाबी मोरोको नामबाट राखिएको छ।
‘‘सान बेनिटोमा मोरोको विरासत सदैव कायम रहेनेछ,’’ सान बेनिटो स्कुलले फेसबुकमा लेखेको छ।
मोरोलाई १९८९ मा नेशनल ट्रयाक एन्ड फिल्डको हल अफ फ्रेममा समावेस गरिएको थियो।
" /> काठमाडौं। मेलबर्न ओलम्पिक १९५६ मा तीन स्वर्णपदक विजेता अमेरिकी धावक बाबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ।मोरोको परिवारले उनको सान बेनिटोस्थित् आफ्नै निवासमा निधन भएको बताएको छ।

">