काठमाडौं। १२ दिनदेखि सिल गरिएको महानगरीय प्रहरी वृत कालीमाटीले आजदेखि आफ्नो नियमित काम थालेको छ।
कार्यालयमा कार्यरत दुईजना प्रहरीमा ६ जेठमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको वृतले आजदेखि नियमित काम थालेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी श्याम ज्ञवालीले वृत अन्तर्गत कार्यरत सबै प्रहरीको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि त्यहाँ कार्यरत सबै नियमित काममा फर्किएको बताए।
संक्रमण देखिएर अस्पतालमा उपचाररत भर्ना भएका दुईजना प्रहरी पनि कोरोनामुक्ता भएर घर फर्किसकेका छन्।
उनीहरू भने एकसाता अझै होमक्वारेन्टाइनमा नै रहने छन्।
दुई प्रहरीमा संक्रमण देखिएपछि ६ जेठमा वृत्त र त्यहाँ रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो।
२१४ जना प्रहरी र १७ जना अन्यको गरेर २३१ जनाको नमूना परीक्षण गरिएको थियो।
" /> काठमाडौं। १२ दिनदेखि सिल गरिएको महानगरीय प्रहरी वृत कालीमाटीले आजदेखि आफ्नो नियमित काम थालेको छ।कार्यालयमा कार्यरत दुईजना प्रहरीमा ६ जेठमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको वृतले आजदेखि नियमित काम थालेको हो।

">