काठमाडौं। नेपाल चलचित्र कलाकार संघले महामारीका कारण समस्याग्रस्त चलचित्र क्षेत्रका बारेमा ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ।
लकडाउनका कारण चलचित्र क्षेत्र धराशायी बनेको भन्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन सरकारसँग माग गरेको हो।
संघको बैठकले लकडाउन पश्चात आउन सक्ने चर्को विषम परिस्थितिले चलचित्र उद्योगका सबै विधाका पेशाकर्मी, व्यवसायी, श्रमजीविहरुलाई गम्भीर असर गर्ने हुँदा त्यसको समाधानका लागि नेपाल सरकार तथा चलचित्र विकास बोर्डलाई कार्ययोजना ल्याउन अनुरोध गर्ने निर्णय गरेको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए।
सरकारले बजेट भाषण मार्फत संघको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ।
नेपाली चलचित्र क्षेत्रको सम्बृद्धिका लागि विभिन्न शीर्षकमा आवश्यक बजेटको व्यवस्था गरिएको भन्दै सरकारप्रति बैठकले आभार जनाएको छ।
संघले लकडाउनका कारण समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्न समेत आह्वान गरेको छ।
" /> काठमाडौं। नेपाल चलचित्र कलाकार संघले महामारीका कारण समस्याग्रस्त चलचित्र क्षेत्रका बारेमा ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ।लकडाउनका कारण चलचित्र क्षेत्र धराशायी बनेको भन्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन सरकारसँग माग गरेको हो।

">