गण्डकीमा थपिए ३ जना कोरोना संक्रमित, तनहुँमा पहिलोपटक संक्रमण भेटियो
काठमाडौं। गण्डकी प्रदेशको स्याङ्जा र तनहुँमा तीनजना संक्रमित पुष्टि भएका छन्।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले विज्ञप्ति निकालेर तीनजना संक्रमित थपिएको जनाएको छ।

निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय दुई पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

तनहुँमा पहिलोपटक कोभिड-१९ पोजिटिभ फेला परेको हो।

यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्