काठमाडौं। अन्तरजातीय विवाहको विषयलाई लिएर १० जेठमा रुकुमपश्चिममा ५ जनाको हत्या र एकजना बेपत्ता हुने गरी भएको घटनाको अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली रुकुम-जाजरकोट प्रस्थान गरेको छ।
आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्। घटनाको अनुसन्धानमा सहयोग पुर्याउन आयोगले सबैलाई आग्रह गरेको छ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसियशन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो।
आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालिन कारण, घटनापश्चात् शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्यसम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्नेछ।
जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुर्याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिकदल, मानवअधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आग्रह गरेको छ।
पढ्नुहोस्:
चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’
दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र
" /> काठमाडौं। अन्तरजातीय विवाहको विषयलाई लिएर १० जेठमा रुकुमपश्चिममा ५ जनाको हत्या र एकजना बेपत्ता हुने गरी भएको घटनाको अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली रुकुम-जाजरकोट प्रस्थान गरेको छ।

">