टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
बूढानीलकण्ठका दुईजना कोरोनामुक्त भएर घर फर्किए
काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा फेला परेका दुईजना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।

सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा ३ जेठमा कोरोना संक्रमण पाइएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको थियो।

पछिल्लो दुई वटा परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए। उनी १५ दिनमा घर फर्किएकी हुन्।

यस्तै १२ जेठमा भर्ना गरिएका बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुष पनि पाँच दिनमा घर फर्काइएको छ।

युवकमा कोरोना पुष्टि भएसँगै बूढानीलकण्ठ -३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको थियो। ती युवक अस्पतालबाट डिस्चार्ज भएसँगै उक्त क्षेत्र आजदेखि खुला गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्