बाजुरा अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु

कैलाली। बाजुरा अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी एक बालिकाको आज बिहान मृत्यु भएको छ।

बुढिगंगा नगरपालिका १ का दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भएको हो।

ती बालिकालाई जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा १५ जेठदेखि राखिएको थियो।

अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बालिकाको मृत्यु भएको पुष्टि गरे।

विश्‍वकर्माका अनुसार १६ गते उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइए पनि रिर्पोट भने आएको छैन।

आठ दिनअघि त्रिनगर भन्सार नाका भएर भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका-१ धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो।

जिल्ला अस्पताल बाजुराले विज्ञप्तिमार्फत १५ गते बेलुका ८ बजे भर्ना गरिएकी ती बालिका कडा खालको निमोनियाबाट ग्रसित रहेको पाइएको जनाएको छ।

उनलाई केही एन्टिबायोटिक औषधि र अक्सिजन दिएर उपचार गरिएको अस्पतालले बताएको छ।

भर्ना भएको भोलिपल्टै १६ जेठमा बालिकाको मृत्यु भएपछि उनी र आमा-बाबुसहित तीनैजनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको अस्पतालको विज्ञप्तिमा लेखिएको छ।

कोभिड-१९ रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने अस्पतालले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्:

भारतबाट आमाबुबासँगै आएर क्‍वारेन्टाइनमा बसेका बालकको मुत्यु

प्रतिक्रिया दिनुहोस्