डोटीको सुजंग अस्पतालमा तीन दिनकी सुत्केरीको मृत्यु

कैलाली। डोटीको सुजंग अस्पतालमा तीन दिनकी सुत्केरीको मृत्यु भएको छ।

केआईसिंह गाउँपालिका-४ की २९ वर्षिया नारु कार्कीको आज बिहान ४ बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ।

१६ जेठ दिउँसो भर्ना भएकी उनको शल्यक्रियाबाट प्रसूति गराइएको थियो।

पढ्नुहोस्: लकडाउनले लिँदैछ सुत्केरीको ज्यान, दुई महीनामा ३० को मृत्यु

शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी कार्कीले हिजो, १७ जेठ साँझ आफूलाई केहि असजिलो भएको बताएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए।

"डाक्टरहरुले बचाउन प्रयास गरिरहनुभएको थियो। स्वास्थ्यमा अझ समस्या भएपछि अन्यत्र रेफर गर्न खोज्दै गर्दा मृत्यु भयो", बलायरले भने।

बच्चाको अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्