कालिकोट र दैलेखका थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं। कर्णाली प्रदेशको कालिकोट र दैलेखमा थप १८ नयाँ संक्रमित थपिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाको जनस्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

नयाँ संक्रमितमा कालिकोटको शुभकालिका गाउँपालिका- ५ का १९ वर्षीय पुरुष, त्यस्तै दैलेखको नारायण नगरपालिका ५ का १९ वर्षीय पुरुष, ३ का १६, १९, २९ र ४८ वर्षीय पुरुष, ५ नम्बर वडाका १८, २४, २५, २८ र ३५ वर्षीय पुरुष छन्।

त्यस्तै वडा नम्बर ४ का १८, २० वर्षीय दुई र २२ वर्षीय दुई पुरुष, ८ का २६ वर्षीय पुरुष, ४ का ३८ वर्षीय पुरुष र ९ का २२ वर्षीय पुरुष रहेका छन्।

हिजो, १७ जेठ बेलुका पनि कालिकोटमा १७ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्