भारतबाट आमाबुबासँगै आएर क्वारेन्टाइनमा बसेका बालकको मुत्यु

कैलाली। डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक बालकको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका-३ का साढे छ वर्षीय बालकको आज बिहान मृत्यु भएको हो।

भारतको मुम्बइबाट त्रिनगर भन्सार नाका भएर हिजो, १७ जेठमा करीब १२ बजे आमाबाबुसँगै डडेल्धुरा पुगेका बालकको आज बिहान ३ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले देखापढीलाई बताए।

बालक बिरामी भएको खबर पाए लगत्तै एम्बुलेन्स पठाए पनि अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको न्यौपानेले जानकारी दिए।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको बताए।

कोभिड-१९ परीक्षणको लागि बालकको थ्रोट स्वाब नमूना संकलन गरिने उनले जानकारी दिए।

बालकको परिवारले दिएको जानकारी अनुसार मलेरिया रोगबाट ग्रसित रही उनी यसअघि मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।

प्रतिक्रिया दिनुहोस्