काठमाडौं। सर्लाहीको विष्णु गाउँपालिका-२ पकडीमा भारतीय नागरिकबाट ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आक्रमणको प्रयास भएपछि हवाई फायर गरिएको छ।
अन्तर्राष्ट्रिय सीमा बन्द र लकडाउनका बीच एकजना भारतीय नागरिक केही सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो।
त्यसपछि ती युवकले नजिकैको गाउँबाट ४०/५० जनाको समूहमा आएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले देखापढीलाई बताए।
“आज बिहानैको घटना हो। अहिले भने स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “भारतीय पक्षलाई यसबारेमा जानकारी गराइएको छ। आवश्यक समन्वय भइरहेको छ”, श्रेष्ठले भने।
कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सीमामा खटिएको सशस्त्र प्रहरीको टोली माथि यसअघि पनि पटक-पटक अवरोध हुने र आक्रमणको प्रयास भएको थियो।
भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका कारण केही ठाउँमा विवाद हुँदै आइरहेको छ।
" /> काठमाडौं। सर्लाहीको विष्णु गाउँपालिका-२ पकडीमा भारतीय नागरिकबाट ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आक्रमणको प्रयास भएपछि हवाई फायर गरिएको छ।अन्तर्राष्ट्रिय सीमा बन्द र लकडाउनका बीच एकजना भारतीय नागरिक केही सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो।

">