काठमाडौं। बेलायत सरकारले खाली रंगशालामा भोलि, १ जुनबाट घरेलु खेलकुद प्रतियोगिता संचालनको अनुमति दिएको छ।
बेलायतमा मार्चको मध्यबाट स्थगित सम्पूर्ण खेलकुद गतिविधि तेस्रो चरणको मार्गनिर्देशनपछि १ जुनबाट पुनः शुरू हुने भएको छ।
यसको जोखिम आँकलन व्यक्तिगत स्पार्धाका खेलमा निर्भर हुन्छ। त्यसका लागि खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफहरूसँग परामर्श जारी छ। ‘हर्स रेसिङ’ र स्नुकर प्रतियोगिताहरू भोलि शुरू हुनेछन् भने प्रिमियर लिग १७ जुनबाट शुरू हुने तालिका छ।
इङ्ल्यान्डका शीर्ष श्रेणीका लिगहरूले २५ मेबाट दोस्रो चरणको प्रशिक्षण शुरू गरेका छन्। हिजो प्रिमियर लिगले पछिल्लो समय एक हजार १३० जना खेलाडीमा गरिएको कोरोना भाइरस परीक्षणमा कुनै संक्रमित नभेटिएको बताएको छ।
लिगका तीन हजार ८८२ खेलाडी तथा कर्मचारीहरूमा गरिएको परीक्षणमा १२ जनाको नतिजा पोजिटिभ आएको थियो।
‘‘प्रतिक्षाको घडी समाप्त भएको छ। सुरक्षित र सावधानीपूर्वक नियन्त्रित वातावरणमा बेलायतको खेलकुद गतिविधि चाडै शुरू हुन्छ,’’ डिजिटल, संस्कृति, मिडिया र खेलकुद राज्य सचिव ओलिभर डोउडेनले भने।
प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले सरकारी निर्णयको स्वागत गरेका छन्।
उनी भन्छन्, ‘‘हामीले १७ जुनबाट प्रिमियर लिग शुरू गर्ने भनेर तयारी थालेका थियौं। सुरक्षित वातावरण सुनिश्चित गर्नका लागि अझै केही काम गर्न बाँकी छन्। तर, हामी दुई साताभित्र स्थगित सिजन शुरू गर्न सक्षम हुनेछौं।’’
" /> काठमाडौं। बेलायत सरकारले खाली रंगशालामा भोलि, १ जुनबाट घरेलु खेलकुद प्रतियोगिता संचालनको अनुमति दिएको छ।बेलायतमा मार्चको मध्यबाट स्थगित सम्पूर्ण खेलकुद गतिविधि तेस्रो चरणको मार्गनिर्देशनपछि १ जुनबाट पुनः शुरू हुने भएको छ।

">