काठमाडौं। रोबर्ट लेवन्डस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले शनिबार राती डसेलडोर्फमाथि ५-० को सहज जित निकालेको छ। जितसँगै बायर्नले लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि नतिक पुगेको छ।
लिगमा पाँच खेल बाँकी हुँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको अग्रता लिएको छ। डर्टमण्डले आज पाडरबर्नसँग खेल्नेछ। बायर्नले पछिल्लो १५ लिग खेलमध्ये १४ मा विजय हासिल गरेको छ। बायर्नको उपाधि होडमा मंगलबार सम्पन्न खेलमा डर्टमण्डविरुद्ध १-० को जितले निर्णायक मोड लिएको थियो।
डर्टमण्डका मथियास जर्जेन्सनले गरेको आत्मघाती गोलमा बायर्नले १५औं मिनेटमा आग्रता लिएको थियो। त्यसको १४ मिनेट वित्न नपाउँदै बेन्जामिन पाभार्डले अग्रता दोब्बर बनाए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा रोबर्ट लेवन्डस्कीले तेस्रो गोल थपे। ५०औं मिनेटमा लेवन्डस्कीले व्यक्तिगत दोस्रो गोल गरे।
कोभिड-१९ महामारीका कारण स्थगित भएर लिग पुनः शुरू भएपछि लेवन्डस्कीको यो चौथो गोल हो। पोल्यान्डका फरवार्ड लेवन्डस्कीले सबै खाले प्रतियोगितामा गरी जारी सिजन ४३ गोल गरिसकेका छन्।
‘लेफ्ट ब्याक’ अल्फोन्सो डेभिसले ५२औं मिनेटमा अर्को गोल थपेपछि बायर्नले सहज जित हात पारेको थियो। लिग पुनः शुरू भएपछ बायर्नको यो लगातार चौथो जित हो। पछिल्लो चार खेलमा बायर्नले १३ गोल गरेको छ भने तीन गोल खाएको छ।
१७ जेठमै चाडो गरी सम्पन्न खेलमा वेर्डर ब्रेमनले साल्केलाई १-० ले हराउँदै रेलिगेशनबाट जोगिने आश गरेको छ। वेर्डर ब्रेमनको जितमा मिडफिल्डर लियोनार्डो बिटेनकोर्टले ३२औं मिनेटमा गरेको गोल जितमा निर्णायक बन्यो। साल्केको यो लगातार चौथो हार हो।
जितसँगै वेर्डर ब्रेमन २५ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशनभन्दा माथिको माइन्जभन्दा तीन अंकले कम हो। तथापी माइन्जले एक खेल बढी खेलेको छ। साल्के भने ३७ अंकका साथ दशौं स्थानमा छ।
हेर्था बर्लिनले औग्सबर्गलाई २-० ले पराजित गर्यो। यससँगै हेर्था बर्लिनले पछिल्लो चार खेलमा १० अंक जोड्न सफल भएको छ। हेर्था बर्लिन ३८ अंकका साथ नवौं स्थानमा छ। औग्सबर्ग ३१ अंकका साथ १४औं स्थानमा छ।
छैटौं स्थानको उल्फ्सबर्ग १२औं स्थानको इन्ट्रचट फ्रायङफर्टसँग २-१ ले पराजित भयो। त्यस्तै होफेनहेइमले माइन्जलाई १-० ले पराजित गर्यो भने तेस्रो स्थानको बायर लेभरकुसेनले फ्रेइबर्गलाई १-० ले पराजित गर्यो।
" /> काठमाडौं। रोबर्ट लेवन्डस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले शनिबार राती डसेलडोर्फमाथि ५-० को सहज जित निकालेको छ। जितसँगै बायर्नले लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि नतिक पुगेको छ।लिगमा पाँच खेल बाँकी हुँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको अग्रता लिएको छ। डर्टमण्डले आज पाडरबर्नसँग खेल्नेछ। बायर्नले पछिल्लो १५ लिग खेलमध्ये १४ मा विजय हासिल गरेको छ। बायर्नको उपाधि होडमा मंगलबार सम्पन्न खेलमा डर्टमण्डविरुद्ध १-० को जितले निर्णायक मोड लिएको थियो।

">