म्याग्दीमा १३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, संक्रमित १० जना पुगे

गलेश्‍वर। म्याग्दीमा डेङ्गु संक्रमितहरू बढ्दै गएका छन्।

म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जाकी १३ वर्षीया बालिकामा हिजो डेङ्गु संक्रमण पुष्‍टि भएको छ।

योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।

बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए। उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ।

उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्