हत्या आरोपमा सुनसरीमा दुईजना पक्राउ

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र-३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामी छन्।

दुई दिनअघि सुनसरी बराहक्षेत्र-३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको शव फेला परेको थियो।

राईको शरीर र टाउकोमा चोटसहितको शव भेटिएकाले अनुसन्धान गर्दा उनको हत्या भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा हत्यामा संलग्‍न दुईजनालाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।

पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा हत्या गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्