काठमाडौं। शरीर मात्र हेर्ने हो भने त रविन श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमका जब्बर खेलाडी भन्दा पत्याउने कमै हुन्छन्। उनी औसतभन्दा पातलै छन्।
तर, जब मैदानमा छिर्छन् लेफ्ट-ब्याकमा रविनको प्रदर्शन जब्बर हुने गर्छ। तीव्र गति, आकर्षक क्रस र रक्षापंक्तिमा जब्बर स्वभावका रविनलाई उनको छरितो ज्यानले पनि उत्तिकै साथ दिएको छ।
त्यसैले त नेपालले खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा यो ‘पोजिसन’मा उनी एक नम्बरका रक्षक थिए। तर पछिल्लो समय उनको चर्चा कम सुनिन्छ। सुनियोस् पनि कसरी? उनी चोटका कारण लामो समय मैदान बाहिर बसे। एक पटक होइन दुई दुई पटक घुँडामा चोट बोकेपछि उनी झन्डै दुई वर्ष मैदानबाट टाढा हुन बाध्य भए।
लामो संघर्षपछि चोटलाई जितेका रविनले फागुनमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगबाट कमब्याक गरे। आफ्नो कमब्याकलाई दमदार बनाउने तरखरमा रहेका रविनलाई कोभिड-१९ महामारीले ‘ब्रेक’ लगाइदियो।
.jpg)
लिग सकिएर मोफसलको फुटबल मौसम भर्खर शुरू हुदै थियो। महामारीका कारण सबै स्थगित भए। राष्ट्रिय टीम फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिताको तयारीमा थियो। त्यो पनि अनिश्चित समयका लागि स्थगित बनेको छ। त्यसले राष्ट्रिय टीममा फर्किने रविनको योजनामा धक्का लाग्यो।
“त्यत्रो समयपछि लिगबाट कमब्याक गरें। लिग खेल्दा पनि हल्का इन्जुरी देखियो। ह्यामस्ट्रिङ अलि कमजोर रहेछ। त्यो ठीक हुन पनि १५, २० दिन लियो। त्यसपछि मोफसलका प्रतियोगिताहरू खेलेँ। कमब्याक राम्रै हिसाबले भइरहेको थियो। तर ठ्याक्कै कोभिड-१९ ले सबै लक भयो,” रविन दुखेसो पोख्छन्, “पक्कै पनि जति खेल्यो त्यति फाइदा हुने हो। खेलेपछि गेम सिचुएसन डिल हुन्छ। गेम टेम्प्रामेन्ट हुन्छ, गेमसँग भिज्ने मौका पाइन्छ। तर खेलकुद नै बन्द भएका कारण त्यो रोकिएको छ।”
खेल खेल्न नपाउँदा रविनको कमब्याकमा घाटा मात्र भएको छैन। यसले केही हदसम्म फाइदा पनि गरेको छ। चोटले थलिएको खुट्टालाई अझ बलियो बनाउने मौका भने लकडाउनले जुराइदिएको छ।
“मोफसलका प्रतियोगिताहरू विभिन्न शहरमा हुने भएकाले निरन्तर खेल्नुपर्ने हुन्थ्यो। जसका कारण स्ट्रेन्थिङमा ध्यान दिन पाउँदिन थिएँ। तर यो लकडाउनले त्यसमा फाइदा नै भएको छ,” नैकापस्थित घरमा परिवारसँग समय व्यतित गरिरहेका रविनले भने, “फिटनेशमा अलि असर त पर्ला तर मैले त्यसका लागि घरमा अभ्यास गरिरहेको छु।”
सन् २०१७ मा सम्पन्न एएफसी एशिया कपअन्तर्गत् छनोट चरणको खेलमा फिलिपिन्सविरुद्ध खेल्दा रविनको लिगामेन्टमा चोट लागेको हो।
मनिलामा सम्पन्न उक्त खेलमा नेपाल ४-१ ले पराजित भएको थियो। नेपालले गरेको एकमात्र गोलमा रविनले ‘असिस्ट’ गरेका थिए। त्यही खेलको अन्तिम मिनेटमा रविनको खुट्टामा चोट लागेको थियो।
“त्यतिबेला त एकदमै पिडा भएको थियो। आँखाले हेर्न नै सकेको थिइनँ। मैदान बाहिर गएपछि अलि रिलिफ भएको थियो। त्यतिबेलै लागेको थियो, मेरो लिगामेन्ट गयो भनेर,” चोट लागेको क्षण सम्झन्छन् रविन।
त्यतिबेला उनले ग्राण्डी अस्पतालमा उपचार गरे। ९ महीनाको आरामपछि उनी पुनः राष्ट्रिय टीममा फर्किए। तर उनको कमब्याक सुखद भने भएन। फेरि घाइते भए।
२०१८ को साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले थाइल्यान्डमा मैत्रीपुर्ण खेल खेलेको थियो। त्यही खेलमा रविन २० मिनेट नबित्दै घाइते भए। उनको चोट झनै बल्झियो। त्यसपछि उनी ११ महिना मैदान बाहिर बसे।
महोत्तरीको जलेश्वरका रविन एन्फा एकेडेमी दोस्रो ब्याचका खेलाडी हुन्। विभिन्न उमेर समूहमा आफूलाई प्रमाणित गर्दै रविनले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। एन्फा एकेडेमीबाट निस्केपछि उनी संकटा क्लब हुँदै नेपाल पुलिस क्लबमा आवद्ध भए।
नेपाल पुलिस क्लबले लगातार तीन पटक लिग जित्दा होस् वा नेपाली राष्ट्रिय टोलीले हासिल गरेका तमाम सफलतामा उनको ठूलो योगदान रहने गरेको थियो। तर सानै उमेरबाट फुटबलमा सकृय रहेका रविनलाई चोटका कारण मैदान बाहिर बस्नुपर्दा निकै पिडा भयो।
“बिहान उठेदेखि बेलुकीसम्म फुटबलमा जोडिएको मान्छे। तर मैदानमा खेल्न नपाउँदा एकदम पिडा हुनेरैछ,” रविनले अनुभव सुनाए, “म निदाउनै सक्दिन थिएँ। राती ३, ४ बजेसम्म निद्रा लाग्दैनथ्यो। मैदानबाहिर बस्दाको पिडा मैले महशुस गरेको छु। त्यसैले कुनै स्पोटर््सम्यानको लाइफमा कसैलाई पनि चोट नलागोस् भनेर भगवानसँग प्रार्थना गर्छु।”
मैदान बाहिर बस्दा जति पिडा भए पनि उनले हरेश भने खाएनन्। सधै सकारात्मक रहे। त्यसैले त उनी अहिले कमब्याक गर्न सफल भएका छन्।
उनी थप्छन्, “फुटबलबाट टाढा हुँदा जति पीडा भयो, कमब्याकको लागि पनि त्यति नै पाजिटिभ थिएँ। एक न एक दिन खेल्न छोड्नै पर्छ। तर चोटका कारण पछाडि हुँदा अलि खल्लो लाग्दो रैछ। त्यसैले मैले हिम्मत हारेको थिइनँ। मलाई कमब्याक गर्नुपर्छ भन्ने थियो।”
रविन घरेलुभन्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने खेलाडी मानिन्छन्। २००८ मा हैदरावादमा सम्पन्न एएफसी च्यालेन्ज कपमा नेपाल म्यानमारसँग ३-० ले पराजित भयो।
समूह ‘बी’ को पहिलो खेलमै म्यानमारसँग पराजित भएपछि प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उत्तर कोरियाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीको पुरै सेट नै परिवर्तन गरेका थिए, दुई खेलाडी बाहेक। प्रशिक्षक श्रेष्ठले परिवर्तन नगरेका दुई खेलाडीमध्ये एक थिए, रविन। रविन आफ्नो पोजिसनमा कति महत्वपूर्ण र प्रभावकारी थिए भन्ने त्यसबाटै थाहा हुन्छ।
आधुनिक फुटबलमा रक्षकले पनि ‘ओभरल्याप’मा गएर अग्रपंक्तिलाई सहयोग गर्नुपर्छ। विंगरको जस्तै तीव्र गतिमा बल अघि बढाएर ‘क्रस’ गर्नुपर्छ। रविन त्यसमा खरो रूपमा प्रस्तुत हुने खेलाडी हुन्।
यो पोजिसनमा उनी ‘बिट’ गर्न नसकिने खेलाडी थिए। २०१३ मा नेपालमै सम्पन्न साफ च्याम्पियनसिपमा रविनले रक्षापंक्तिबाट बल अघि बढाएर गरेको दर्शनीय क्रसमा जुमानु राईले गोल गरेका थिए। रविनको त्यो लोभलाग्दो ‘मूभ’ फुटबलप्रेमीको सम्झनामा अझैं ताजा छ।
.jpg)
जुमानुको त्यही गोलमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। नेपालका लागि अर्को गोल अनिल गुरुङले गरेका थिए। रोहित चन्दले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित भयो र प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो।
तर, त्यो प्रतियोगितामा रविनको प्रदर्शन आलोचनारहित र उत्कृष्ट थियो। त्यसैले त अखिल नेपाल फुटबल संघ (एन्फा)ले रविनलाई ‘बेष्ट प्लेयर’ घोषित गर्दै मोटरसाइकल पुरस्कार दिएको थियो।
रविन दुई वर्ष मैदान बाहिर हुँदा उनको स्थानमा खेल्ने थुप्रै खेलाडी निस्किएका छन्। त्यसैले अब उनलाई पहिले जस्तो राष्ट्रिय टीममा पुनरागमन गर्न सहज भने हुनेछैन। रविन पनि यसबारे सचेत छन्।
“मेरो पोजिसनमा खेल्ने नयाँ राम्रो खेलाडीहरू आउनु भएको छ। टीममा प्रतिस्पर्धा हुनुपर्छ। टीममा प्रतिस्पर्धा भएन भने नकारात्मक सोच आउन पनि सक्छ,” रविनले थपे, “मैले भन्दा अरूले राम्रो गर्यो भने उसले खेल्न पाउनुपर्छ। मैले नै पाउनुपर्छ भन्ने छैन। मैले मेरो तर्फबाट १०० प्रतिशत दिने हो। तर त्यसले मात्र हुदैन। मोडर्न फुटबलमा धेरै कुराले असर पार्छ। प्रशिक्षकको रणनीति उनको सोच भित्र म पर्न सक्छु कि सक्दिन भन्ने हो। तर मेरो तर्फबाट चाहिँ म सँधै तत्पर छु।”
" /> काठमाडौं। शरीर मात्र हेर्ने हो भने त रविन श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमका जब्बर खेलाडी भन्दा पत्याउने कमै हुन्छन्। उनी औसतभन्दा पातलै छन्।तर, जब मैदानमा छिर्छन् लेफ्ट-ब्याकमा रविनको प्रदर्शन जब्बर हुने गर्छ। तीव्र गति, आकर्षक क्रस र रक्षापंक्तिमा जब्बर स्वभावका रविनलाई उनको छरितो ज्यानले पनि उत्तिकै साथ दिएको छ।

">