सात प्रदेशमध्ये सबैभन्दा पछि कोरोना संक्रमण देखिएको कर्णालीमा १०५ जना संक्रमित, एकैदिन ५९ जनामा पुष्टि

काठमाडौं। सात प्रदेशमध्ये सबैभन्दा पछि संक्रमित फेला परेको कर्णाली प्रदेशमा १०५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

हिजो यहाँ ५९ जना नयाँ संक्रमित फेला परेका छन्।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले हिजो, १७ जेठमा जारी गरेको विज्ञप्ति अनुसार दैलेख, कालिकोट, बाजुरा, सल्यान र सुर्खेतमा संक्रमित फेला परेका छन्।

कोभिड-१९ पोजिटिभ भेटिएकाहरूमा दैलेखका १५, कालिकोटका १७, बाजुराका एक, सल्यानका २५ र सुर्खेतका एकजना छन्। तीमध्ये सुर्खेतकी एक महिला छिन् भने अरु सबैजना पुरुष छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, जुम्ला र प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्