काठमाडौं। नेपालमा पछिल्ला दुई दिनको अवधिमा ४४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १६ जेठमा १८५ जना र १७ जेठमा २३७ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४४९ पुगेको छ। यो संख्यामा आज साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९, प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पुष्टि भएका सल्यानका २५ र सुर्खेत एक तथा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थपिएका तीन जनासमेतलाई गणना गरिएको छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन।
तर, सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा महाशाखाले भने औपचारिक रुपमै यसको पुष्टि गरिसकेका छन्। योसँगै कोरोना भाइरसको संक्रमण कालीकोट र सल्यानमा पनि देखिएको छ।
मन्त्रालयले गरेको अद्यावधिक विवरणमा भने संक्रमितको संख्या एक हजार ४०१ मात्रै उल्लेख छ। मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७७, सर्लाहीका १७, सिरहाका ११, धनुषाका ७, महोत्तरीका ४, रौतहटका ६, झापाका र ललितपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुका २६ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ३, दाङका ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
नारायणी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १४ र कोशी अस्पतालमा गरिएको परीक्षणमा संखुवासभाका २ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म २१९ जना कोरोनामुक्त भएका छन्।
कोभिड–१९ का कारण सात जनाको मृत्यु भइसकेको छ। मन्त्रालयको बेवसाइटमा भने ६ जना मात्रै उल्लेख छ। मन्त्रालयले आज दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकलाई पुष्टि गरेको छैन।
तर, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक युवकको कोरोना परीक्षण पोजिटिभ देखिएको पुष्टि गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञा प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। भारतको गुजरातबाट आएर दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा रहेका युवकको आज बिहान मृत्यु भएको थियो।
दुल्लु नगरपालिका ११ का ३५ वर्षीय ती युवक आज बिहान बेहोस भएर ढलेलगत्तै मृत्यु भएको हो। १० दिनदेखि क्वारेन्टाइनमा रहेका उनको १५ जेठमा स्वाबको नमूना संकलन गरिएको थियो।
यसैबीच, आज महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई जना प्रहरी कोरोनामुक्त भएका छन्।
भक्तपुर नगरपालिका-५, भेलुखेलका ४२ वर्षीय पुरुष पनि ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन्।
हेटौंडामा कोरोना संक्रमण पोजेटिभ देखिएकी महिलाको लगातार दुईपटकको पीसीआर परीक्षण नेगेटिभ आएको छ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनी कोरोनामुक्त भएकी हुन्।
बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका ३६ वर्षीय एक पुरुषको दोस्रो रिपोर्ट आज नेगेटिभ आएसँगै उनी पनि डिस्चार्ज भएका छन्।
यसअघि २३ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।
काठमाडौंका दुई जना पुरुष पनि कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको पाँचौ दिनमा नै कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बुढानीलकण्ठका दुईजना पुरुष कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्। मन्त्रालयका अनुसार आज १३ जना कोरोनामुक्त भएका छन्।
" /> काठमाडौं। नेपालमा पछिल्ला दुई दिनको अवधिमा ४४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १६ जेठमा १८५ जना र १७ जेठमा २३७ जना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४४९ पुगेको छ। यो संख्यामा आज साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९, प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पुष्टि भएका सल्यानका २५ र सुर्खेत एक तथा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थपिएका तीन जनासमेतलाई गणना गरिएको छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन।

">