१८ कात्तिकदेखि डा. केसीको १७औं अनशन
काठमाडौं। चिकित्सा शिक्षा सुधारको मागसहित प्राध्यापक डा. गोविन्द केसीले १८ कात्तिकबाट १७औंअनशन बस्ने घोषणा गरेका छन्।
आजसम्म माग पूरा नगरे १३ कात्तिकबाट अनशन बस्ने अल्टिमेटम दिएका डा. केसीले तिहार र छठ पर्वका कारण ५ दिनपछि सत्याग्रहसहित आन्दोलन शुरू गर्ने विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
सरकारले केसीसँग १० साउन २०७५ मा सम्झौता गरेको थियो। तर, उक्त सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै केसीले आन्दोलनको चेतावनी दिएका छन्।
डा. केसीले आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्नेलगायतका ६ बुँदे माग अघि सारेका छन्।
डा. केसी यसअघि १६ पटक अनशन बसिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्