चितवन। १४ जेठमा हेटौंडामा कोरोना संक्रमण पोजेटिभ देखिएकी महिलाको लगातार दुईपटकको पीसीआर परीक्षण नेगेटिभ आएको छ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनी काेराेनामुक्त भएकी हुन्।
कोरोना संक्रमणको आशंकामा ९ वैशाखमा हेटौंडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब संकलन गरी दुईपटकसम्म परीक्षण गरिएको उनले जानकारी दिए।
भरतपुर अस्पताल कोभिड-१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले संक्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए।
१४ जेठमा संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पताल पठाइएको थियो। उनी गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो।
दुईपटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै भाेलि, १८ जेठ बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा. पौडेलले जानकारी दिए।
उनी र उनका श्रीमान भरतपुुर महानगरपालिका-१२ मा बस्दै आएका थिए। उनीहरू बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ। रासस
" /> चितवन। १४ जेठमा हेटौंडामा कोरोना संक्रमण पोजेटिभ देखिएकी महिलाको लगातार दुईपटकको पीसीआर परीक्षण नेगेटिभ आएको छ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनी काेराेनामुक्त भएकी हुन्।

">