नेपालगञ्ज उपमहानगरपालिका-८ स्थित जोलाहनपूर्वाका संक्रमित सबै २४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पताल।
नेपालगञ्ज जाेलाहनपूर्वाका सबै २४ संक्रमित काेराेनामुक्त
बाँके। नेपालगञ्जको कोरोना संक्रमित टोलका रूपमा चिनिएको जोलाहनपूर्वाका संक्रमित सबै कोरोनामुक्त भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका-८ स्थित यहाँका संक्रमित सबै २४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका ३६ वर्षीय एक पुरुषको दोस्रो रिपोर्ट आज नेगेटिभ आएसँगै जोलाहनपूर्वाका सबैजना निको भई घर फर्किएका छन्।

यसअघि २३ जना निको भएर घर फर्किसकेका छन्। नेपालगञ्ज-७ का पहिलो संक्रमितसहित नेपालगञ्जका २५ जना कोरोनामुक्त भएकाे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

एकैपटक ठूलो संख्यामा टोलवासीलाई कोरोना संक्रमण हुँदा त्रसित हुन पुगेका जोलाहनपूर्वावासीमा सबै निको भएर घर फर्किँदा अहिले खुशीयाली छाएको स्थानीय अगुवा समसुद्दिन सिद्दिकीले बताए।

यहाँ उपचारपछि निको भएर घर फर्किने संख्या २८ पुगेको छ।

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल दाङबाट हिजाे मात्रै तीनजना निको भई घर फर्किएका छन्।

नरैनापुरका आठजनालाई उपचारका लागि दाङ पठाइएकोमा तीन युवा निको भई घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए। त्यहाँ नरैनापुरका अन्य पाँचजनाको उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्