डिस्चार्ज भए काठमाडौंको टोखा र बुढानिलकण्ठका संक्रमित <p>काठमाडौं।&nbsp;काठमाडौंका दुई जना पुरुष कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको पाँचौ दिनमा नै कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।</p> <p>स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.&nbsp;विकास देवकोटाका अनुसार काठमाडौंको टोखा र बुढानीलकण्ठका दुईजना पुरुष कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्।</p> <p>उनीहरु दुवैजनामा १२ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो। पाँचै दिनमा कोरोनाबाट मुक्त भएर घर फर्किनेमा बूढानीलकण्ठ-३ निवासी ३८ वर्षीय पुरुष र टोखा नगरपालिका-६ का ४१ वर्षीय पुरुष रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्