नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या सात पुग्यो

काठमाडौं। दैलेखको दुल्ली नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक युवकको कोरोना परीक्षण पोजिटिभ देखिएको पुष्टि गरे।

कर्णाली स्वास्थ्य विज्ञा प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो। भारतको गुजरातबाट आएर दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा रहेका युवकको आज बिहान मृत्यु भएको थियो।

दुल्लु नगरपालिका ११ का ३५ वर्षीय ती युवक आज बिहान बेहोश भएर ढले लगत्तै मृत्यु भएको हो। १० दिन देखि क्वारेन्टाइनमा रहेका उनकाे १५ जेठमा स्वाबकाे नमूना संकलन गरिएको थियो।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। सातमध्ये ६ जनामा मृत्युपछि काेराेना स‌ंक्रमण पुष्टि भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्