काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ को चपेटामा नपरेको भए ३० फागुन २०७६ बाट नेपाली सिनेमा हलहरूमा ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शन हुने थियो। तर, महामारीको त्रास फैलिएपछि त्यसको प्रदर्शन स्थगित भयो। त्यसरी प्रदर्शन रोकिने अरू फिल्म पनि छन्।

महामारीको सन्त्रासकै कारण ‘नीरफूल’ को पनि प्रदर्शन स्थगित भयो। त्यस्तै ‘लक्का जवान’, ‘प्रेमगीत-३’, ‘चपली हाइट-३’ लगायतका चलचित्रले पनि आफ्नो प्रदर्शन मिति अनिश्चितकालका लागि रोकेका छन्।

अर्कोतर्फ ‘ए मेरो हजुर-४’, ‘परदेशी-२’, ‘२ नम्बरी’, ‘के घर के डेरा’ लगायतका चलचित्रको छायांकन रोकिएको छ र अनिश्चित बनेको छ।

गत वर्ष ५० भन्दा बढी चलचित्र प्रदर्शनमा आएका थिए। एक दर्जन बढी चलचित्रले चाप बढी भएका कारण आफ्नो प्रदर्शन मिति नै रोक्नु परेको थियो। तिनीहरूको प्रदर्शन पनि अनिश्चित बनेको छ।

महामारीको मारमा चलचित्र निर्माता र चलचित्रकर्मी मात्र छैनन्। चलचित्र हलहरू पनि परेका छन्। सरकारले गत ६ चैतमा भीडभाड हुने विभिन्न स्थानहरू बन्द गर्ने क्रममा चलचित्र हलहरू बन्द गर्ने आदेश दिएको थियो। त्यसयता चलचित्र हलहरू सुनसान छन्।

गत वर्ष उपत्यकाबाहिर विभिन्न ठाउँमा करोडौंको लगानीमा सुविधासम्पन्न मल्टिप्लेक्स हल समेत निर्माण भएर सञ्चालनमा आएका थिए। ती हलहरूले केही समय मात्र चलचित्र प्रदर्शनमा ल्याउन पाए। यतिबेला सबै हल बन्द छन्। करोडौंको लगानी गरेर दुई महीनादेखि हल बन्द गरेर बस्नुपर्दा हल मालिक मारमा परेका छन्।

सरकारसँग आशा

दैनिक लाखौंको हिसाबले घाटा व्यहोरिरहेका हल सञ्चालकहरूले सरकारसँग सहयोग मागेका छन्। चलचित्र हलहरूको संगठन चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले अहिले हल मालिकहरू डिप्रेसनको शिकार बन्ने अवस्थामा पुगेको बताए।

“गत वर्ष करोडौं रकम बैंकबाट ऋण लिएर सञ्चालनमा लागेका हलहरू बन्द हुँदा निकै मारमा परेका छन्”, अध्यक्ष प्रधान भन्छन्।

हल मालिकहरूले आफूलाई केही राहत दिन सरकारसँग माग राखेका छन्। उनीहरूले अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडालाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।

“हलहरू बन्द भए पनि बिजुली, कर्मचारीको तलबलगायतमा खर्च भइरहेको छ। त्यसका लागि हामीले सरकारलाई सहयोग गर्न अनुरोध गरेका हौं”, उनले भने।

फागुन, चैत र वैशाख महीना हलहरूले राम्रो कमाइ गर्ने सिजन हो। यही बेला हल बन्द हुँदा अर्बको अंकमा घाटा भएको हल सञ्चालकहरू बताउँछन्।  हल मालिक गोपाल कायस्थले हलहरू बन्द हुँदा अहिलेसम्म कति घाटा भयो भन्ने यकिन तथ्यांक निकाल्न नसकिए पनि एक अर्बभन्दा बढी घाटा भएको अनुमान गरे।

कर्मचारीलाई काम नहुँदा पनि तलब दिइराख्नु परेकाले अहिले पनि खर्च बढिरहेको कायस्थ बताउँछन्।

काठमाडौं नयाँ बानेश्वरमा गत वर्षदेखि सञ्चालनमा आएको ‘वान सिनेमाज’का सञ्चालक प्रज्जवलशमशेर जबरा त अबको दुई वर्ष नाफाको आशा नै गर्न नसकिने बताउँछन्।

चलचित्र प्राविधिकलाई खानाकै समस्या

चलचित्र हलका आफ्नै समस्या छन् भने चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकलाई खाना तथा बस्नकै समस्या छ। यतिबेला काठमाडौंमा रहेका अढाइ सय प्राविधिकहरू विभिन्न दाताबाट आएको राहतको भरमा बाँचिरहेका छन्।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले लकडाउनका कारण काठमाडौंमा बसिरहेका लाइटम्यान, क्यामेराम्यानलगायतका प्राविधिक समस्यामा परिरहेको बताए।

सरकारले तत्काल लकडाउन नसकिँदासम्मको लागि विभिन्न राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ। लकडाउन सकिएपछि पनि सहज वातावरण बन्न धेरै समय लाग्ने भएकाले त्यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने पनि चिन्ताको विषय रहेको उनी बताउँछन्।

सरोकारवालासँग छलफल गरेर अगाडि बढ्छौंः बोर्ड

चलचित्र क्षेत्रलाई प्रत्यक्ष नियमन गर्दै आएकोे चलचित्र विकास बोर्ड अहिले नेतृत्वविहीन छ। बोर्डका अध्यक्ष केशव भट्टराईको गत मंसीरमा निधन भएपछि बोर्ड नेतृत्वविहीन बनेको हो।

बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद शाँखीले बोर्डको नियमित काम हेर्दै आएका छन्। केही दिन अगाडि उनले सरकोरवालासँग गरेको छलफलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न निकायले फरक-फरक सुझाव तथा माग अघि सारेका थिए। छलफल तथा सहकार्यको आधारमा बोर्ड अगाडि बढिरहेको शाँखी बताउँछन्।

" /> काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ को चपेटामा नपरेको भए ३० फागुन २०७६ बाट नेपाली सिनेमा हलहरूमा ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शन हुने थियो। तर, महामारीको त्रास फैलिएपछि त्यसको प्रदर्शन स्थगित भयो। त्यसरी प्रदर्शन रोकिने अरू फिल्म पनि छन्।

"> लकडाउनको मारमा सिनेमा उद्योगः प्राविधिकलाई खानाकै समस्या, हलहरू बन्दको बन्दै: Dekhapadhi
लकडाउनको मारमा सिनेमा उद्योगः प्राविधिकलाई खानाकै समस्या, हलहरू बन्दको बन्दै

प्रतिक्रिया दिनुहोस्