कोरोनाले लपेटेका दुई प्रदेश : प्रदेश ५ मा ५४७ जना, प्रदेश २ मा पनि ५४७ नै संक्रमित
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सबैभन्दा धेरै प्रदेश नम्बर २ र ५ प्रभावित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुवै प्रदेशमा संक्रमितको संख्या ५०० नाघेको छ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार प्रदेश २ मा ५४७ र ५ मा पनि ५४७ जना संक्रमित पुष्टि भइसकेका छन्।

प्रदेश २ का आठवटै जिल्लामा संक्रमण देखिएको छ। सबैभन्दा बढी रौतहट र पर्सामा संक्रमित देखिएका छन्।

त्यस्तै प्रदेश ५ का ९ जिल्लामा संक्रमण देखिएको छ। ५ मा कपिलवस्तु, बाँके, रुपन्देहीमा धेरै संक्रमित देखिएका छन्। कपिलवस्तुमा मात्रै संक्रमित २६५ छन्। संखुवासभाका दुईजनामा संक्रमण देखिएपछि नेपालका ५३ जिल्लामा संक्रमण फैलिएको छ।

हालसम्म प्रदेश १ का ९ जिल्लामा १६०, बागमतीका १२ जिल्लामा ४५, गण्डकीका ५ जिल्लामा २० जना, कर्णालीका तीन जिल्लाका ६१ र सुदूरपश्चिमका सात जिल्लाका २१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्