पाेखरा। लकडाउनका कारण सबै क्षेत्र प्रभावित रहँदासमेत पोखरा रंगशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।
निर्माणाधीन देशकै सबभन्दा ठूलो फुटबल रंगशालासँगै जोडिएको पश्चिमपट्टि यो अभ्यास मैदान निर्माण गरिएको छ। जारी लकडाउनका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो।
सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले ९० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रंगशालाको आडमा अभ्यास मैदान तयार गर्ने योजना थियो। सोहीअनुसार सरकारले बजेट विनियोजन गरे पनि अभ्यास मैदान सागमा तयार भएन।
मैदानको काम अलपत्र परेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले लकडाउनमै काम शुरू गरेकाेमा दुई महीनामा सबै काम सकिएको हो।
मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ। कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिए।
मैदान दुई महीनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ। सो फुटबल रंगशालामा ३०० देखि ४०० जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा शुरू गरिने बताइएको छ।
पोखरा रंगशालाभित्रको मुख्य फुटबल रंगशालाको काम भने जारी लकडाउनका कारणले रोकिएको छ। एक अर्ब २८ करोड रूपैयाँ लागतमा निर्माणाधीन रंगशालामा हाल १६ हजार ५०० दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ।
भीआईपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम लकडाउनले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताए। पछिल्लो समय प्यारापिटको क्षमता वृद्धि गरेर २० हजार दर्शक क्षमताको बनाउने राखेपले तयारी गरेको थियो। रासस
" /> पाेखरा। लकडाउनका कारण सबै क्षेत्र प्रभावित रहँदासमेत पोखरा रंगशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।निर्माणाधीन देशकै सबभन्दा ठूलो फुटबल रंगशालासँगै जोडिएको पश्चिमपट्टि यो अभ्यास मैदान निर्माण गरिएको छ। जारी लकडाउनका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो।

">