कपिलवस्तुमा थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौं। कपिलवस्तुमा आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले ७७ जना संक्रमित थपिएको जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको उनकाे भनाइ छ।

उनका अनुसार महाराजगंज नगरपालिकाका ३३, कृष्णनगर नगरपालिका १६ जना, यशोधरा गाउँपालिकाका २८ जना गरेर ७७ जनामा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्