काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई पटक-पटक पक्राउ गरिएको र सर्वोच्च अदालतको आदेशसमेतको बेवास्ता गरिएको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै पटक-पटक पक्राउ गरिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आयोगले गृहलाई पत्राचारसमेत गरेको छ।
खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निज उपर अपमानजनक व्यवहार गरिएको आयोगको ठहर छ। खत्रीलाई अहिलेसम्म प्रहरीले ६ पटक पक्राउ गरिसकेको छ।
१५ जेठमा छैटौंपटक पक्राउ गरिएका खत्रीलाई खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै सिरहा पुर्‍याइएको आयोगले जनाएको छ। २ वैशाख २०७६ मा प्रहरीले पहिलोपटक पक्राउ गरेको थियो।
उनी केही समय पुर्पक्षका लागि कारागार चलान भएका थिए। सर्वोच्च अदालतको आदेश विपरीत त्यसयता पटक–पटक पक्राउ गर्ने काम भएको आयोगले जनाएको छ।
आयोगले नेपालको संवैधानिक एवम् कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेशविपरीत स्वेच्छाचारीरूपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न भनेको छ।
व्यक्तिको मानवअधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका-२ का खत्री प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता हुन्। उनलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गर्दै आइरहेको छ।
" /> काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई पटक-पटक पक्राउ गरिएको र सर्वोच्च अदालतको आदेशसमेतको बेवास्ता गरिएको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै पटक-पटक पक्राउ गरिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आयोगले गृहलाई पत्राचारसमेत गरेको छ।
खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निज उपर अपमानजनक व्यवहार गरिएको आयोगको ठहर छ। खत्रीलाई अहिलेसम्म प्रहरीले ६ पटक पक्राउ गरिसकेको छ।
१५ जेठमा छैटौंपटक पक्राउ गरिएका खत्रीलाई खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै सिरहा पुर्‍याइएको आयोगले जनाएको छ। २ वैशाख २०७६ मा प्रहरीले पहिलोपटक पक्राउ गरेको थियो।
उनी केही समय पुर्पक्षका लागि कारागार चलान भएका थिए। सर्वोच्च अदालतको आदेश विपरीत त्यसयता पटक–पटक पक्राउ गर्ने काम भएको आयोगले जनाएको छ।
आयोगले नेपालको संवैधानिक एवम् कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेशविपरीत स्वेच्छाचारीरूपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न भनेको छ।
व्यक्तिको मानवअधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका-२ का खत्री प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता हुन्। उनलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गर्दै आइरहेको छ।
"> मानव अधिकार आयोगले गृहलाई भन्यो- ‘खोटाङका चक्र खत्रीलाई पटक-पटक पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पठाउनू’: Dekhapadhi राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संवैधानिक एवम् कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेशविपरीत स्वेच्छाचारीरूपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न भनेको छ।
मानव अधिकार आयोगले गृहलाई भन्यो- ‘खोटाङका चक्र खत्रीलाई पटक-पटक पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पठाउनू’
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई पटक-पटक पक्राउ गरिएको र सर्वोच्च अदालतको आदेशसमेतको बेवास्ता गरिएको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै पटक-पटक पक्राउ गरिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आयोगले गृहलाई पत्राचारसमेत गरेको छ।
खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निज उपर अपमानजनक व्यवहार गरिएको आयोगको ठहर छ। खत्रीलाई अहिलेसम्म प्रहरीले ६ पटक पक्राउ गरिसकेको छ।
उनी केही समय पुर्पक्षका लागि कारागार चलान भएका थिए। सर्वोच्च अदालतको आदेश विपरीत त्यसयता पटक–पटक पक्राउ गर्ने काम भएको आयोगले जनाएको छ।
आयोगले नेपालको संवैधानिक एवम् कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेशविपरीत स्वेच्छाचारीरूपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न भनेको छ।
व्यक्तिको मानवअधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका-२ का खत्री प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता हुन्। उनलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्