भक्तपुर। भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा काेराेना अस्पताल सञ्चालन हुने भएको छ।
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत् भक्तपुर अस्पतालमा निर्माण गरेकाे नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए।
अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्तरूपमा अस्पताललाई हस्तान्तरण गरेको छ।
एक करोड ८९ लाख १२ हजार ३१० रूपैयाँ लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताए।
शुरूमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्पप्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी अन्यत्र सार्नुपर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरू गरिएको अवस्थामा कोभिड-१९ को प्रकोप शुरू भएसँगै यसैलाई कोभिड उपचार गर्ने गरी भवन तयार पारिएको हो।
रेक्टोफिटिङ गर्ने उक्त आयोजनाअन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उपचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रूपमा प्रयोग गर्ने गरी निर्माण गरिएकाे हाे।
अस्पतालकी मेडिकल सुपरिटेन्डन्ट डा. सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको यो भवनमा ६ शय्याको आईसीयू, ६ शय्याको एनआईसीयू, २० शय्याको वार्ड, दुई आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोरलगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिइन्।
निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, शय्यालगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उनकाे भनाइ छ।
उनले भनिन्, “कोभिड भवन निर्माण सम्पन्न भएको छ, भवनका लागि आवश्यक शय्या, ओछ्याउन म्याट, फर्निचरलगायतका सामग्रीको जोहो गरी बिरामीका लागि आवश्यक सामान राख्दैछौँ, स्वास्थ्य मन्त्रालयले चिकित्सिकको टोली पठाउने भएको छ, अब तत्काल यहीँबाट कोभिड-१९ को उपचार शुरू गर्छौं।”
- रासस
" /> भक्तपुर। भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा काेराेना अस्पताल सञ्चालन हुने भएको छ।कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत् भक्तपुर अस्पतालमा निर्माण गरेकाे नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए।

">