काठमाडौं। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को प्रभाव पाठ्यपुस्तक छपाइमा पनि परेको छ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन।
अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाइको काम सकिएपनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम शुरू भएको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले बताए।
यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाइ गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लकडाउन भइ काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उनले बताए।
उनका अनुसार र कक्षा ६,७ र ८ का पुस्तक छपाइको काम बाँकी छ।
जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाइ गर्दै आएको छ।
आगामी १५ दिनमा सम्पूर्ण छपाइको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको छ।
जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक छपाइको काम गर्दै आएको छ। कक्षा एक देखि चार सम्म निजी क्षेत्रबाट छपाइको काम हुँदै आएको छ।
" /> काठमाडौं। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को प्रभाव पाठ्यपुस्तक छपाइमा पनि परेको छ।कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन।

">