काठमाडाैं। सधैँजस्तै यसपालीको बजेटले पनि खेलकुद क्षेत्रलाई खासै उत्साह दिन सकेको छैन। तर, बजेटमा समावेश भएको ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’को प्रस्तावले भने खेलाडीमा आशा जगाइदिएको छ।
नवौं राष्ट्रिय खेलकुद आगामी फागुनमा पोखरामा हुने तय भएको थियो। सामान्य अवस्था भइदिएको भए, बजेटमा यो प्रतियोगिता समेट्दैमा खेलाडीलाई खासै फरक पर्ने थिएन। तर, कोभिड–१९ महामारीका कारण नवौं राष्ट्रिय खेलकुद नै हुने, नहुने अनिश्चित थियो। स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले यसपटक नवौं राष्ट्रिय खेलकुद बजेटमा पर्छ भन्ने आशा थोरैले मात्र गरेका थिए।
सबै खेलकुद गतिविधि स्थगित भएको अवस्थामा यस वर्ष हुने एकमात्र ठूलो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद पनि नहुँदा २०७७ सालमा कुनै खेलकुद गतिविधि नै नहुने हो कि भन्ने चिन्ता खेलाडीमा थियो।

तर, अर्थमन्त्री खतिवडाले बजेट भाषणमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट विनियोजन गर्नुका साथैका दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्न आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको बताएपछि खेलाडीले सन्तोषको सास फेरेका छन्।
“कोभिड-१९ महामारीका कारण २०७७ मा नेपाली खेलकुद गतिविधि ठप्प होला कि भन्ने डरका बीच नवौं राष्ट्रिय खेलकुदको लागि नेपाल सरकारले बजेट विनियोजन गरेको खबरले खेलाडी तथा सम्पूर्ण खेलकर्मीलाई सकारात्मक राहतसँगै लक्ष्य प्राप्तिका लागि थप ऊर्जा मिलेको छ”, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट भाषण लगत्तै फेसबुकमा लेखेका छन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा विश्वस्त देखिन्छन्। “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा दुई/तीन पक्ष छन्। एक पूर्वाधार, पोखरामा स्विमिङ र सुटिङ रेञ्जबाहेक सबै खेलको पूर्वाधार छन्। अर्को तयारी हो, हामीलाई तयारीका लागि बढीमा तीन महीना भए पर्याप्त हुन्छ। जिल्ला, प्रदेश छनोट र प्रतियोगिता हो। त्यसकारण हामीले मंसीर-पुससम्म तयारी सक्यौं भने फागुनमा प्रतियोगिता गर्न सक्छौं”, सदस्यसचिव सिलवालले भने, “अर्को, प्रतियोगिताकै आयोजना हो, महामारीले एकदमै विकराल रूप लियो भने छुट्टै कुरा हो। तर, अहिलेसम्मको स्थिति हेर्दा नेपालमा धेरै डराउनु पर्ने स्थिति देखिएको छैन। त्यसैले यो प्रतियोगिता आयोजना गर्न हामी दृढ छौं। यस प्रतियोगिताका लागि रकम अपुग होला तर काम गर्नलाई बजेटले छेक्दैन भन्ने हाम्रो विश्वास हो।”
सामान्य स्थिति रहँदा पनि विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता पटक-पटक स्थगित भएका उदाहरण छन्। भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुँदा आठौं राष्ट्रिय खेलकुद पनि हुने, नहुने अन्यौलकै बीच तोकिएकै वर्षमा सम्पन्न भएको थियो। पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या छैन। त्यसकारण अहिलेको नवौं राष्ट्रिय खेलकुद पनि तोकिएको समयमै हुने अनुमान गरिएको थियो। तर, कोभिड–१९ महामारीले आशंका भने जन्माइदिएको छ ।

“असम्भव भन्ने त छैन। १३औं साग अन्योलका बीच सम्पन्न भएको थियो। पोखरामा पूर्वाधार समस्या होइन। तर यो महामारीका कारण के हुन्छ, कसो हुन्छ भन्ने अन्योल चाहिं छ”, १३औं सागमा करातेमा स्वर्ण पदक जित्न सफल अनु अधिकारी भन्छिन्, “तर बजेटमा नवौं राष्ट्रिय खेलकुदलाई समेटिएको छ र यो समयमै भइदियो भने यसले खेलाडीको मनोबल बढाउँछ। प्रतियोगिता भयो भने खेलाडीलाई खेल्नुपर्छ, जित्नुपर्छ भन्ने हुन्छ। त्यसले उत्साह दिन्छ।”
नवौं राष्ट्रिय खेलकुदका कारण यस वर्ष केही मात्रामा भए पनि खेल क्षेत्र चलायमान हुने आशामा खेलाडी उत्साहित छन्। तर, सरकारले खेलकुद क्षेत्रका लागि छुट्याइएको बजेटबाट भने उनीहरू निराश छन्।
“खेलाडीको लागि प्रतियोगिता महत्त्वपूर्ण हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएका कारण हामी सकारात्मक छौं। तर, समग्र खेलकुद विकासका लागि यो बजेट पर्याप्त छैन। त्यसकारण यो बजेटले खेलकुद क्षेत्रले ठूलो फडेको मार्छ भन्ने देखिँदैन”, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठ भन्छन् ।
गत वर्ष खेलकुदमा तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो। १३औं सागका लागि पछि बजेट थपिएको थियो। तर, यसपटक दुई अर्ब ३६ करोड रूपैयाँ मात्र खेल क्षेत्रलाई छुट्याइएको छ। जुन गत वर्षको तुलनामा एक अर्ब ६३ करोड रूपैयाँले कम हो।
युवा तथा खेलकुद मन्त्रालयमा आएको बजेट युवा परिषद्, स्काउट, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र युवा स्वरोजगार कार्यक्रम गरी चार शीर्षकमा विभाजन हुन्छ। यद्यपि त्यसको ठूलो हिस्सा भने राखेपले पाउँछ।

“तेह्रौं सागमा नेपालले ठूलो सफलता हासिल गरेको थियो। त्यसकारण यसपटक खेलकुदमा बजेट बढ्ने आशा गरिएको थियो। तर, त्यसो भएन। पहिलेको भन्दा कम छ। यसले भविष्य कस्तो हुन्छ भनेर अहिले नै आकलन गर्न सकिन्छ”, स्वर्ण पदक विजेता अनु भन्छिन्।
नीति तथा कार्यक्रममा भनिएका कतिपय कुरा बजेटमा समावेश नहुँदा करातेका अध्यक्ष श्रेष्ठ निराश छन्। श्रेष्ठ भन्छन्, “राष्ट्रपतिले नीति तथा कार्यक्रममा बोलेको कुरा पनि बजेटमा नसमेटिँदा हामीलाई दुःखी बनाएको छ। रातो किताब आएको छैन। त्यसमा होस् भन्ने हाम्रो चाहना हो। होइन भने खेलाडीले के का लागि खेल्ने ?”
नीति तथा कार्यक्रममा १३औं सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्णसहित २०७ पदक जितेको र राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सकिने गरी खेलाडीको क्षमता विकास गरिने उल्लेख गरिएको थियो। तर, बजेटमा खेलाडीको क्षमता विकास गर्नका लागि भनेरै विनियोजन गरिएको छैन।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल पनि बजेट भाषणमा युवा तथा खेलकुद मन्त्रालयका लागि आएको बजेटबाट खुशी छैनन्।
“यस बजेटको सैद्धान्तिक पक्षबारे विवाद गर्नुपर्ने छैन। जति कार्यक्रमहरू समिटिएका छन्, त्यो ठिकै छ। तर, त्यसलाई कार्यान्वयन गर्नका लागि जति रकम विनियोजन गरिएको छ, त्यो आशलाग्दो छैन। त्यसले हामीलाई निराश बनाएको छ। सैद्धान्तिक पक्षलाई कार्यान्वयन गर्न त्यति बजेटले गाह्रो हुन्छ”, सदस्यसचिव सिलवालले भने।
तथापि काम गर्दै जाँदा बजेट थप हुन सक्नेमा सिलवाल आशावादी छन्। भन्छन्, “अरूको भन्दा मेरो काम गर्ने तरिका फरक छ। अरूले मंसिर-पुसमा काम थाल्छन्। मेरो साउनबाटै शुरू हुन्छ। काम गर्दै जाँदा बजेट अभाव भए रकम पाइन्छ भन्ने तेह्रौं सागले देखाएको छ। त्यसकारण बजेट अभावमा काम रोकिँदैन भन्नेमा म आशावादी छु।”
" /> काठमाडाैं। सधैँजस्तै यसपालीको बजेटले पनि खेलकुद क्षेत्रलाई खासै उत्साह दिन सकेको छैन। तर, बजेटमा समावेश भएको ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’को प्रस्तावले भने खेलाडीमा आशा जगाइदिएको छ।नवौं राष्ट्रिय खेलकुद आगामी फागुनमा पोखरामा हुने तय भएको थियो। सामान्य अवस्था भइदिएको भए, बजेटमा यो प्रतियोगिता समेट्दैमा खेलाडीलाई खासै फरक पर्ने थिएन। तर, कोभिड–१९ महामारीका कारण नवौं राष्ट्रिय खेलकुद नै हुने, नहुने अनिश्चित थियो। स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले यसपटक नवौं राष्ट्रिय खेलकुद बजेटमा पर्छ भन्ने आशा थोरैले मात्र गरेका थिए।

">