विश्‍व हिन्दू महासंघको अन्तर्राष्‍ट्रिय विभाग संयोजकमा डा. योगी <p>काठमाडौं। विश्&zwj;व हिन्दू महासंघ नेपालले डा. चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्&zwj;ट्रिय विभाग गठन गरेको छ।</p> <p>महासंघका वरिष्&zwj;ठ उपाध्यक्ष भरतराज पौडेलको अध्यक्षतामा जुम प्रविधिमार्फत बसेको बैठकले राष्&zwj;ट्रिय तथा अन्तर्राष्&zwj;ट्रिय संघसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्&zwj;चात्य दुवै दर्शनका ज्ञाता डा. योगीलाई विभागको जिम्मेवारी दिइएको हो।</p> <p>उनी &lsquo;मूल्यमा आधारित शिक्षा&rsquo;का अभियन्ता पनि हुन्।</p> <p>कोरोनाबाट बच्&zwj;न जारी लकडाउनका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्