पाकिस्तानका मन्त्रीलाई कोरोना भाइरस संक्रमण

इस्लामावाद । पाकिस्तानका एक केन्द्रीय मन्त्रीलाई कोरोना भाइरसको संक्रमण पुष्‍टी भएको छ ।

सीमा मामिला तथा लागूऔषध नियन्त्रण राज्यमन्त्री शहरयार खान अफ्रिदीलाई संक्रमण देखिएको हो ।

उनी स्वयंले ट्विटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

“मलाई कोभिड-१९ पोजिटिभ देखिएको रिपार्ट आएको छ,” उनले ट्विटरमा लेखेका छन्, “चिकित्सकको सल्लाहअनुसार घरभित्रै क्‍वारेन्टाइनमा बसेको छु ।”

पाकिस्तानमा हालसम्म ६४ हजार २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक हजार तीन सय १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्