समस्यामा परेका रेकर्डिस्टहरूलाई अञ्जु पन्तको सहयोग <p>काठमाडौं। गायिका अञ्जु पन्तले गीत संगीत क्षेत्रमा काम गर्नेहरूलाई सहयोग गरेकी छन्। लकडाउनका कारण समस्यामा परेका संगीत क्षेत्रमा पर्दा पछाडि रहेर काम गर्ने रेकर्डिस्टहरूलाई उनले खाद्यान्&zwj;न सहयोग गरेकी हुन्।&nbsp;</p> <p>स्टुडियोमा प्राविधिकका रूपमा खटिने रेकर्डिस्टहरू नै समस्यामा परेको जानकारी आएपछि आफूले सक्दो सहयोग गरेको अञ्जुले बताइन्।&nbsp;</p> <p>राहत लिन आउन नसक्नेहरूलाई घरघरमै पुर्&zwj;याएकी थिइन्। उनले कलंकी, मनमैजु, सामाखुशीलगायत ठाउँमा घरघरमै पुगेर ३० किलो चामल, २ किलो दाल, ५ किलो आलु, प्याज, नुन, चिनी, चिया, मस्यौरा, तेललगायत सामग्री प्रदान गरेकी हुन्।</p> <p>&quot;संकटको घडीमा मिस्यामा परेकाहरुलाई सहयोथ गर्दै आएका छौं,&quot; अञ्&zwj;जुले भनिन् ।</p>
प्रतिक्रिया दिनुहोस्