शान्ति समाजद्वारा सुस्ता पश्‍चिममा प्रदर्शन, विराटनगरमा खाद्यान्‍न सहयोग <p>काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले रुकुम पश्&zwj;चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन माग गर्दै नवलपरासीको सुस्ता पश्&zwj;चिममा प्रदर्शन गरेको छ।</p> <p>त्यसक्रममा घटना छानविनका लागि संसदीय समिति गठन र दोषीमाथि कानुनसम्मत कारवाहीको माग गरिएको थियो।&nbsp;</p> <p>बर्दघाट चोकमा भएको प्रदर्शनमा समाजका केन्द्रीय वरिष्&zwj;ठ उपसभापति गोविन्द खनालले दोषीलाई कारवाही र पीडितलाई न्याय नमिल्दासम्म आन्दोलन जारी रहने बताए।</p> <p>यस्तै, समाजको मोरङ शाखाले विराटनगर-१२ गणेशचोकस्थित २० विपन्&zwj;न दलित परिवारलाई चामल, दाल, तेलसहित रू. २० हजारको खाद्यान्&zwj;न सहयोग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्